ne_luk_text_ulb/01/11.txt

1 line
884 B
Plaintext

\v 11 त्यसै बेला परमप्रभुका एउटा दूत तिनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए । \v 12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब तिनी आत्तिए र डराए । \v 13 तर स्वर्गदूतले तिनलाई भने, “जकरिया, नडराऊ, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरो जन्माउनेछिन् । तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।