ne_luk_text_ulb/01/01.txt

1 line
1005 B
Plaintext

\v 1 धेरैले हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन्, \v 2 जसरी पहिले वचनका प्रत्यक्षदर्शीहरू र सेवकहरूले ती कुराहरू हामीलाई सुम्पिदिए । \v 3 त्यसैले माननीय थियोफिलस, मैले सुरुदेखि नै सबैकुराहरू ठिकसित अनुसन्धान गरेको हुनाले, ती कुराहरू क्रमबद्ध रूपमा तपाईंलाई लेखिदिन मलाई पनि असल लाग्यो, \v 4 ताकि तपाईंलाई सिकाइएका कुराहरूको निश्‍चयताबारे तपाईंलाई थाहा होस् ।