ne_jol_text_ulb/03/16.txt

1 line
1.0 KiB
Plaintext

\v 16 सियोनबाट परमप्रभु गर्जनुहुनेछ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ । \v 17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिल्‍यै विदेशीहरू हिंड्‍नेछैनन् ।