ne_jol_text_ulb/02/01.txt

1 line
1.1 KiB
Plaintext

\c 2 \v 1 सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ । वास्तवमा, त्यो नजिकै छ । \v 2 यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्‍लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्‍छ, त्‍यसरी नै एउटा ठुलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्‍यस्‍तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्‍यहाँ त्‍यस्‍तो फेरि कहिल्यै हुनेछैन ।