Tue Feb 20 2024 14:09:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
jasminerai 2024-02-20 14:09:48 +05:45
commit e7765e68d0
39 changed files with 105 additions and 0 deletions

1
01/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो । \v 2 ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ? \v 3 यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्‍ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।

1
01/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्‍याङ्‍ग्राले खाएका छन्, र फट्‍याङ्‍ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्‍किराले खाएका छन् ।

1
01/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ । \v 6 किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् । \v 7 त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।

1
01/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्‍ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर । \v 9 परमप्रभुको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् । \v 10 खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।

1
01/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् । \v 12 दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।

1
01/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 ए पुजारीहरू हो, भाङ्‍ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्‍ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । \v 14 पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।

1
01/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ । \v 16 के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्द र रमाहट रोकिएको छैन र? \v 17 माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।

1
01/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 पशुहरू कसरी विलाप् गर्छन्! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन् । \v 19 हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ । \v 20 जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्‍पिन्‍छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्‍म पारेको छ ।

1
02/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ । \v 2 यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्‍लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्‍छ, त्‍यसरी नै एउटा ठुलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्‍यस्‍तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्‍यहाँ त्‍यस्‍तो फेरि कहिल्यै हुनेछैन ।

1
02/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 त्यसको अगाडिका सबै कुरालाई आगोले भष्‍म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्‍तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्‍थान छ । त्यसबाट कुनै कुरा फुत्‍कनेछैन ।

1
02/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 त्‍यो सेना घोडाहरूझैं देखा पर्छ, र तिनीहरू घोडचढीहरूझैं दौडन्‍छन् । \v 5 पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्‍म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्‍छन् ।

1
02/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 तिनीहरूको उपस्थितिले मानिसहरू वेदनामा पर्छन्, अनि तिनीहरूका सम्‍पूर्ण अनुहार पहेंलो हुन्छ । \v 7 शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्‍छन्, सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्‍छन्, तिनीहरू हरेक व्‍यक्‍ति पङ्तिवद्ध भएर हिंड्‍छन्, र आफ्नो पङ्तिलाई बिगार्दैनन् ।

1
02/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 न त एउटाले अर्कालाई धक्‍का दिन्छन् । तिनीहरू प्रत्‍येक नै आ-आफ्नै बाटोमा हिंड्छन् । तिनीहरू सुरक्षाबलहरूलाई तोड्‍दै अघि बढ्छन्, र आफ्नो लाइनभन्‍दा बाहिर पुग्दैनन् । \v 9 तिनीहरूले सहरलाई आक्रमण गर्छन्, तिनीहरू पर्खालमा दौडन्‍छन्, तिनीहरू घरहरूमाथि चढ्छन्, र चोरहरूझैं तिनीहरू झ्यालहरूबाट भित्र जान्‍छन् ।

1
02/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्‍छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्‍छन् । \v 11 परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र?

1
02/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।” \v 13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न ।

1
02/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 कसले जान्दछ? सायद उहाँ पर्कनुहुन्छ, र दया देखाउनुहुन्छ, र आफ्‍नो पछि आशिष् छोड्‍नुहुन्‍छ, तिमीहरूका परमप्रभु परमेश्‍वरका निम्ति अन्‍नबलि र अर्घबलि दिनुहुन्छ कि?

1
02/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 सियोनमा तुरही फुक, पवित्र उपवासको आव्‍हान गर, र पवित्र सभा बोलाओ । \v 16 मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिका र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना सृङ्गारका कोठाहरूबाट बाहिर आऊन् ।

1
02/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्‍ना मानिसहरू बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?’”

1
02/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 आफ्नो देशको निम्‍ति परमप्रभु डाही हुनुभयो र आफ्ना मानिसहरूलाई दया देखाउनुभयो । \v 19 परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्‍ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्‍याउनेछैनँ ।

1
02/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 उत्तरबाट आक्रमण गर्नेहरूलाई म तिमीहरूबाट टाढा हटाइदिनेछु, र तिनीहरूलाई एउटा सुक्‍खा र त्‍यागिएको देशमा लखेटिदिनेछु । तिनीहरूको सेनाको अग्रपङ्क्ति पूर्वीय समुद्रमा, अनि पछिल्लो पङ्क्तिचाहिं पश्‍चिमी समुद्रमा जानेछ । त्यसको दुर्गन्ध माथि उठ्नेछ, त्यसको सडेको दुर्गन्ध माथि उठ्नेछ ।” निश्‍चय नै उहाँले महान् काम गर्नुभएको छ ।

1
02/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 ए देश, नडरा, रमाहट गर र आनन्दित हो, किनकि परमप्रभुले महान् काम गर्नुहुनेछ । \v 22 ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्‍थानका खर्कहरूमा पलाउनेछन्, र बोटहरूले आफ्‍ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पुरा रूपमा दिनेछन् । \v 23 ए सियोनका मानिस हो, खुशी होओ, आफ्‍ना परमप्रभु परमेश्‍वरमा आनन्दित होओ । किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन् ।

1
02/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 खलाहरू गहुँले भरिनेछन्, र घ्‍याम्‍पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् । \v 25 “बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।

1
02/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 तिमीहरू प्रशस्‍त गरी खानेछौ र भरपेट हुनेछौ, र आफ्‍ना परमप्रभु परमेश्‍वरको नाउँको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका बिचमा अचम्‍मका काम गर्नुएको छ, र म कहिल्यै आफ्‍ना मानिसहरूमा जाल ल्याउनेछैनँ । \v 27 म इस्राएलको बिचमा छु भनी तिमीहरूले जान्‍नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र त्यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्‍ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।

1
02/28.txt Normal file
View File

@ -0,0 +1 @@
\v 28 केही समयपछि सबै मानिसमाथि, म आफ्‍नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्‍नेछन् । \v 29 साथै ती दिनहरूमा दासहरू र दासीहरूमा, म आफ्‍नो आत्माबाट खन्याउनेछु ।

1
02/30.txt Normal file
View File

@ -0,0 +1 @@
\v 30 आकाश र पृथ्वीमा अचम्‍मका कामहरू, रगत, आगो, र धूँवाका मुस्लाहरू म देखाउनेछु । \v 31 परमप्रभुको त्यो महान् र भयानक दिन आउनुअघि, सूर्य अन्धकारमा अनि चन्द्रमा रगतमा परिवर्तन हुनेछ ।

1
02/32.txt Normal file
View File

@ -0,0 +1 @@
\v 32 परमप्रभुको नाउँ पुकार्ने हरेक व्‍यक्‍ति बचाइनेछ । किनकि जस्‍तो परमप्रभुले भन्‍नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।

1
03/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 हेर, ती दिनमा र त्‍यो समयमा, यहूदा र यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा, \v 2 सबै जातिहरूलाई म भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेंसीमा तल लैजानेछु । मेरा मानिसहरू र मेरो उत्तराधिकार इस्राएलको कारणले, जसलाई तिनीहरूले जातिहरूका बिचमा छरपष्‍ट पारेको, र मेरो देशलाई तिनीहरूले भाग-भागको पारेको कारणले, त्यहाँ म तिनीहरुको न्‍याय गर्नेछु । \v 3 तिनीहरूले मेरा मानिसहरूका निम्ति चिट्‍ठा हाले, एउटी वेश्‍या पाउनलाई केटालाई बेचे, र दाखमद्य पिउनलाई केटीलाई बेचे, यसरी तिनीहरूले जाँड-रक्‍सी पिए ।

1
03/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 अब, टुरोस, सीदोन र पलिश्‍तीका सबै क्षेत्रहरू, तिमीहरू किन मसँग रिसाउँछौ? के तिमीहरूले मलाई बदला लिन सक्छौ? तिमीहरूले मलाई बदला लियौ भने पनि, तिमीहरूको बदलालाई म तुरुन्तै तिमीहरूकै थाप्‍लोमा फर्काउनेछु । \v 5 किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्‍यौ, र मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्‍यौ । \v 6 यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका इलाकाबाट टाढा हटाउनलाई, तिमीहरूले तिनीहरूलाई ग्रीकहरूका हातमा बेचिदियौ ।

1
03/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँबाट, म तिनीहरूलाई माथि उठाउनेछु, र तिमीहरूकै टाउकोमा त्‍यसको मुल्‍य चुकाउनेछु । \v 8 यहूदाका मानिसहरूका हातद्वारा, तिमीहरूका छोराहरू र छोरीहरूलाई म बेचिदिनेछु । टाढाको जाति शबाहरूका हातमा, तिनीहरूले उनीहरूलाई बेच्नेछन्, किनकि परमप्रभुले बोल्‍नुभएको छ ।”

1
03/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 जातिहरूका बिचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैंलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् । \v 10 आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ र छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ । कमजोरले भनोस्, ‘म बलियो छु ।’

1
03/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्‍ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।

1
03/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्‍लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्‍याय गर्न, म त्यहीं बस्‍नेछु । \v 13 हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्‍याम्‍पोहरू भरिएर पोखिन्‍छन्, किनकि तिनीहरूका दुष्‍टता विशाल छ ।”

1
03/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 त्‍यहाँ होहल्‍ला छ, इन्साफको बेसीमा कोलाहल छ । किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै छ । \v 15 सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।

1
03/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ । \v 17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्‍नेछैन ।

1
03/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 त्यो दिनमा यस्‍तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्‍नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्‍नेछ, र परमप्रभुको मन्‍दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ । \v 19 यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्‍यागिएर उजाड हुनेछ, र एदोमचाहिं त्यागिएको उजाड-स्‍थान हुनेछ ।

1
03/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 तर यहूदामा सधैं मानिसहरू बसोबास गर्नेछन्, र यरूशलेममा चाहिं पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ । \v 21 मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ ।”

39
LICENSE.md Normal file
View File

@ -0,0 +1,39 @@
## Creative Commons Attribution-ShareAlike 4.0 International
### Human-Readable Summary
The Creative Commons Attribution-Share Alike 4.0 International License is available at
http://creativecommons.org/licenses/by-sa/4.0/.
#### This is a human-readable summary of (and not a substitute for) the License.
### You are free to:
* **Share** — copy and redistribute the material in any medium or format.
* **Adapt** — remix, transform, and build upon the material for any purpose, even commercially.
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
### Under the following terms:
* **Attribution** —You must give appropriate credit, provide a link to the license, and indicate if changes were made. You may do so in any reasonable manner, but not in any way that suggests the licensor endorses you or your use.
* **ShareAlike** — If you remix, transform, or build upon the material, you must distribute your contributions under the same license as the original.
* **No additional restrictions** — You may not apply legal terms or technological measures that legally restrict others from doing anything the license permits.
### Notices:
* You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
* No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.
This PDF was generated using Prince (https://www.princexml.com/).

1
front/title.txt Normal file
View File

@ -0,0 +1 @@
योएल

29
manifest.json Normal file
View File

@ -0,0 +1,29 @@
{
"package_version": 6,
"format": "usfm",
"generator": {
"name": "ts-desktop",
"build": "280"
},
"target_language": {
"id": "ne",
"name": "नेपाली",
"direction": "ltr"
},
"project": {
"id": "jol",
"name": "Joel"
},
"type": {
"id": "text",
"name": "Text"
},
"resource": {
"id": "reg",
"name": "Regular"
},
"source_translations": [],
"parent_draft": {},
"translators": [],
"finished_chunks": []
}