ne_jhn_text_ulb/13/31.txt

1 line
1.1 KiB
Plaintext

\v 31 जब यहूदा गयो, येशूले भन्‍नुभयो, “अब मानिसका पुत्र महिमित हुनुभएको छ, र उनमा परमेश्‍वरको महिमा भएको छ । \v 32 यदि परमेश्‍वर उनमा माहिमित हुनुहुन्छ भने, परमेश्‍वरले आफैंमा पुत्रलाई पनि महिमित पार्नुहुनेछ, र उहाँले उनलाई तुरुन्तै महिमित पार्नुहुनेछ । \v 33 साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । तिमीहरूले मलाई खोज्‍नेछौ, र मैले यहूदीहरूलाई भनेझैं, अहिले म तिमीहरूलाई पनि यो भन्दछु, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’