ne_jhn_text_ulb/13/16.txt

1 line
954 B
Plaintext

\v 16 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, सेवक आफ्नो मालिकभन्दा ठुलो हुँदैन; न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ । \v 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, र ती गर्छौ भने तिमीहरू धन्यका हौ । \v 18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु— तर यो यसैले हो, कि धर्मशास्‍‍त्र पूरा होस्ः 'मेरो रोटी खानेले ममाथि आफ्नो लात उठायो ।'