ne_jhn_text_ulb/12/48.txt

1 line
1.0 KiB
Plaintext

\v 48 जसले मलाई इन्कार गर्छ, र मेरा वचन ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छ । मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ । \v 49 किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले के भन्‍ने र के बोल्ने विषयमा मलाई आज्ञा दिनुभएको छ । \v 50 म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो, त्यसैले म त्यही भन्छु— पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्दछु ।"