ne_jhn_text_ulb/12/27.txt

1 line
984 B
Plaintext

\v 27 अब मेरो प्राण दुःखित भएको छ र म के भनूँ? 'हे पिता, मलाई यस घडीबाट बचाउनुहोस्'? तर यही कारणको निम्ति म यस घडीमा आएँ । \v 28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले त्यो महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।” \v 29 तब उहाँको छेउमा उभिने भीडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्जेको हो भने । अरूहरूले भने, “स्वर्गदूत तिनीसँग बोलेका हुन् ।”