ne_jhn_text_ulb/12/17.txt

1 line
882 B
Plaintext

\v 17 अब उहाँले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भीडले गवाही दियो । \v 18 यही कारणले गर्दा पनि भीड उहाँलाई भेट्न गयो, किनभने उहाँले यो चिन्‍ह गर्नुभएको थियो भन्‍ने तिनीहरूले सुने । \v 19 यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, संसारै त्यसको पछि लागेको छ ।”