ne_jhn_text_ulb/11/30.txt

1 line
1.2 KiB
Plaintext

\v 30 अब येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् । \v 31 त्यसैले तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनी चिहानमा रुन जाँदै थिइन् भन्‍ने सोचेर तिनीहरू तिनको पछि लागे । \v 32 जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन ।”