ne_jhn_text_ulb/11/03.txt

1 line
765 B
Plaintext

\v 3 त्यसपछि यी दिदीहरूले येशूकहाँ यसो भनी पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिमारी छन् ।” \v 4 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिमारीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”