ne_jhn_text_ulb/10/19.txt

1 line
627 B
Plaintext

\v 19 यी वचनहरूका कारण फेरि यहूदीहरू माझ विभाजन देखियो । \v 20 तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू यसको कुरा किन सुन्छौ?” \v 21 अरूहरूले भने, “यी वचनहरू भूत लागेका मानिसका होइनन् । के भूतले अन्धाका आँखा खोलिदिन सक्छ र?”