ne_jhn_text_ulb/08/54.txt

1 line
1.1 KiB
Plaintext

\v 54 येशूले जवाफ दिनुभयो, “यदि म आफैंले आफ्नो महिमा गर्दछु भने मेरो महिमा केही होइन; मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ—जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भन्छौ । \v 55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्दछु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्दछु भने म तिमीहरूजस्‍तै झूटा हुनेछु । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु । \v 56 तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए; तिनले यो देखे, र खुसी भए ।"