ne_jhn_text_ulb/08/42.txt

1 line
1.4 KiB
Plaintext

\v 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ र यहाँ छु; किनकि म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो । \v 43 तिमीहरू मेरा वचन किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ । \v 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू आफ्ना पिताको इच्छा पूरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनभने त्यसमा सत्य छैन । जब त्यसले झूट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनभने त्यो झूटो र झूटको पिता हो ।