ne_jhn_text_ulb/08/09.txt

1 line
928 B
Plaintext

\v 9 जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्‍‍त्रीसँग येशू एक्‍लै छोडिनुभएको थियो । \v 10 येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिम्रो निन्दा गरेनन्?” \v 11 त्यसले भनी, “कसैले गरेनन् प्रभु ।” येशूले भन्‍नुभयो, “न त म तिमीलाई निन्दा गर्छु । जाऊ, र कुनै पाप नगर ।” ]