ne_jhn_text_ulb/08/04.txt

1 line
938 B
Plaintext

\v 4 त्यसपछि तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्‍‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे । \v 5 अब व्यवस्थामा मोशाले हामीलाई यस्ता मानिसहरूलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यसको विषयमा तपाईं के भन्‍नुहुन्छ?” \v 6 तिनीहरूले उहाँलाई फसाउनलाई यसो भने, ताकि तिनीहरूसित उहाँलाई दोस लगाउने केही कुरा हुन सकोस्, तर येशू निहुरेर आफ्नो औंलाले भुइँमा लेख्‍नुभयो ।