ne_jhn_text_ulb/07/25.txt

1 line
925 B
Plaintext

\v 25 यरूशलेमबाट आएकाहरूमध्ये केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्? \v 26 हेर, यिनी खुलमखुल्ला बोल्छन्, र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जानेको हुन सक्दैनन्, सक्छन् त? \v 27 तापनि यिनी कहाँबाटका हुन् हामी जान्दछौं । तर जब ख्रीष्‍ट आउनुहुन्छ, उहाँ कहाँबाटका हुनुहुन्छ कसैले पनि जान्‍नेछैन ।”