ne_jhn_text_ulb/06/66.txt

1 line
1.3 KiB
Plaintext

\v 66 यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिंडेनन् । \v 67 तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिं जान चाहँदैनौ, चाहन्छौ त?” \v 68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ, \v 69 र हामीले विश्‍वास गरेका छौं र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौं ।” \f +\ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा \fqa परमेश्‍वरका पवित्र जन \fqa* वाक्यांश छ । केही पछिल्ला प्रतिलिपिहरूले यस्तो थप वर्णन थप्छन्, \fqa ख्रीष्‍ट, परमेश्‍वरका पवित्र जन \fqa* । \f*