ne_jhn_text_ulb/06/16.txt

1 line
689 B
Plaintext

\v 16 जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे । \v 17 तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन । \v 18 र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।