ne_jhn_text_ulb/06/13.txt

1 line
1003 B
Plaintext

\v 13 यसैले तिनीहरूले ती बटुले र खानेहरूले उबारेका जौका ती पाँचवटा रोटीका टुक्रा-टाक्रीहरू बार्‍ह डाला भरे । \v 14 त्यसपछि जब मानिसहरूले उहाँले गर्नुभएका यी चिन्‍हहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यस संसारमा आउनुहुने अगमवक्‍ता हुनुहुन्छ ।” \v 15 जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने येशूले थाहा गर्नुभयो, उहाँ फेरि पनि एक्लै डाँडातर्फ लाग्‍नुभयो ।