ne_jhn_text_ulb/05/36.txt

1 line
1.1 KiB
Plaintext

\v 36 तैपनि मसँग भएको गवाही यूहन्‍नाको भन्दा पनि महान् छ, किनकि जुन कामहरू पिताले मलाई पूरा गर्न दिनुभएको छ, मैले गर्ने ती कामहरूले नै, मलाई पिताले पठाउनुभएको हो भनी मेरो विषयमा गवाही दिन्छन् । \v 37 मलाई पठाउनुहुने पिता आफैंले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ । \v 38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।