ne_jhn_text_ulb/05/21.txt

1 line
981 B
Plaintext

\v 21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छन् त्यसलाई जीवन दिन्छन् । \v 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ, \v 23 ताकि तिनीहरूले पितालाई आदर गरेझैं, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।