ne_jhn_text_ulb/04/51.txt

1 line
590 B
Plaintext

\v 51 तिनी जाँदै गर्दा, तिनका सेवकहरूले तिनको छोरो बाँच्यो भन्दै तिनलाई भेटे । \v 52 त्यसैले कुन घडीदेखि त्यसको सुधार हुनथाल्यो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौं घडीमा त्यसलाई ज्‍वरोले छोड्‍यो ।”