ne_hag_text_ulb/02/13.txt

1 line
931 B
Plaintext

\v 13 अनि हाग्‍गैले भने, “मरेको लाश छोएर अशुद्ध भएको कोहीले यी कुराहरू छोयो भने, के ती अशुद्ध हुन्छन्?” पूजाहारीहरूले जवाफ दिएर भने, “हो, ती अशुद्ध हुन्छन् ।” \v 14 यसैकारण हाग्‍गैले जवाफ दिएर भने, “यस्तै मेरो अघि भएका यी मानिसहरू र यो जाति छन्, र यस्तै तिनीहरूका हातले गरेका सबै कामहरू छन्! - परमप्रभु घोषणा गर्नुहुन्छ । तिनीहरूले मलाई अर्पण गरेका कुरा अशुद्ध छन्!