ne_act_text_ulb/20/31.txt

1 line
790 B
Plaintext

\v 31 त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तीन वर्षसम्म दिन र रात आँसु बगाउँदै तपाईंहरू हरेकलाई निर्देशन दिन म रोकिनँ । \v 32 अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र पवित्र भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।