ne_act_text_ulb/18/24.txt

2 lines
1.3 KiB
Plaintext

\v 24 अब अपोल्लोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, तिनी एफिससमा आए । तिनी
बोल्नमा दक्ष र धर्मशास्‍‍त्रीय ज्ञानमा पोख्त थिए । \v 25 अपोल्लोस प्रभुको वचनका बारेमा ज्ञान पाएका थिए । आत्मामा जोशिलो हुँदै येशूको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे, तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र थाहा थियो । \v 26 अपोल्लोसले सभाघरमा साहसका साथ बोल्न थाले । तर जब प्रिस्किला र अकिलाले तिनले बोलेको सुने, तब तिनीहरू तिनको साथ लागे र तिनलाई परमेश्‍वरको मार्गको बारेमा अझै ठिकसँग बताइदिए ।