ne_act_text_ulb/16/37.txt

1 line
1.2 KiB
Plaintext

\v 37 तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिक भए तापनि दोषी नै नठहराईकन, तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटे—र तिनीहरूले हामीलाई झ्यालखानामा हाले । अहिले तिनीहरू हामीलाई सुटुक्‍क पठाउन खोज्छन्? होइन! तिनीहरू आफैं आऊन् र हामीलाई छुटाएर लैजाऊन् ।” \v 38 सिपाहीहरूले न्यायाधीशहरूलाई यी कुरा सुनाए, अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्‍ने थाहा पाएपछि न्यायाधीशहरू डराए । \v 39 न्यायाधीशहरू आए र तिनीहरूसँग क्षमा मागे र तिनीहरूलाई सहर छाडेर जान आग्रह गर्दै तिनीहरूलाई बाहिर लगे ।