ne_act_text_ulb/16/32.txt

1 line
1017 B
Plaintext

\v 32 तिनीहरूले प्रभुको वचन तिनलाई र तिनका घरानाका सबैलाई सुनाए । \v 33 तब रातको त्यही घडी झ्यालखानाका हाकिमले तिनीहरूलाई निकालेर लगे अनि तिनीहरूका घाउचोटहरू सफा गरिदिए र तिनी र तिनका सबै घरानालाई तुरुन्तै बप्‍तिस्‍मा दिइयो । \v 34 तब जसै तिनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूका सामु खाना राखे, तिनी तिनका घरानासहित निकै रमाए किनभने तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए ।