ne_act_text_ulb/08/29.txt

1 line
857 B
Plaintext

\v 29 आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।” \v 30 त्यसैले फिलिप तिनीकहाँ दौडेर गए, र तिनले यशैया अगमवक्‍ताको पुस्तक पढेको सुने र तिनले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ?” \v 31 तब इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र?” तिनले फिलिपलाई रथमा चढेर तिनीसँगै बस्‍न अनुरोध गरे ।