ne_act_text_ulb/08/26.txt

1 line
1017 B
Plaintext

\v 26 अब प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर यरूशलेमदेखि गाजासम्म जाने बाटो जाऊ (यो बाटो उजाड-स्थानमा पर्छ) ।” \v 27 तिनी उठे र गए । हेर, त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए । \v 28 तिनी फर्किरहेका थिए र आफ्नो रथमा यशैया अगमवक्‍ताको पुस्तक पढिरहेका थिए ।