ne_act_text_ulb/08/01.txt

1 line
1.1 KiB
Plaintext

\c 8 \v 1 तिनको हत्यामा शाऊल सहमत थिए । त्यसैले त्यस दिन त्यहँ यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो; र प्रेरितहरूबाहेक विश्‍वासीहरू सबैजना यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए । \v 2 ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे । \v 3 तर शाऊलले मण्डलीलाई हानि पुर्‍याउन कोसिस गरे । तिनी घरैपिच्छे जान्थे, तिनले पुरुष र स्‍‍त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे ।