ne_act_text_ulb/07/38.txt

1 line
1.3 KiB
Plaintext

\v 38 यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए, जो हाम्रा पुर्खाहरूसित थिए, र जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे । \v 39 तर हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्कार गरे; तिनीहरूले तिनलाई आफूहरूबाट पन्छाए, र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्के । \v 40 त्यस बेला तिनीहरूले हारूनलाई भने, 'हाम्रो निम्ति हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।'