ne_act_text_ulb/04/15.txt

1 line
1.3 KiB
Plaintext

\v 15 तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले । \v 16 उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौं? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने सबैलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौं । \v 17 तर यो कुरा अझ बढी मानिसहरू बीचमा नफैलियोस् भनेर तिनीहरूलाई यस नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔं ।” \v 18 तब उनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू वा शिक्षा कदापि नदिनू भनी आज्ञा दिए ।