ne_1th_text_ulb/05/04.txt

1 line
877 B
Plaintext

\v 4 तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैं आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ । \v 5 किनकि तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौं, न त अन्धकारका नै । \v 6 त्यसैले, हामी बाँकी अरूहरूझैं नसुतौं । बरु हामी जागा रहौं र गम्भीर हौं । \v 7 किनकि सुत्‍नेहरू रातमा नै सुत्छन् र पिएर मात्‍नेहरू रातमा नै मात्छन् ।