ne_1th_text_ulb/04/13.txt

1 line
1.1 KiB
Plaintext

\v 13 भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौं ताकि बाँकीका, आशा नहुनेहरू जस्तै तिमीहरूले शोक गर्न नपरोस् । \v 14 येशू मर्नुभयो र फेरि जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ । \v 15 परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौं कि हामी जो जीवित छौं र प्रभुको आगमनसम्म बाँचिरहन्छौं, हामीले कुनै हालतमा पनि सुतिगएकाहरूलाई उछिन्‍नेछैनौं ।