ne_1th_text_ulb/04/09.txt

1 line
1.3 KiB
Plaintext

\v 9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन, किनकि एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ । \v 10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई यसाे गरेका छौ, तर भाइहरू, हामी तिमीहरूलाई आग्रह गर्छाेैं कि याे अझै बढी गर । \v 11 हामीले तिमीहरूलाई आग्रह गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने गर जसरी हामीले आज्ञा दियाैं, \v 12 ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका अघि तिमीहरू ठिक प्रकारले जिउन सक र तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।