Thu Jun 15 2023 21:56:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-06-15 21:56:36 +05:45
commit db7dd6eb7c
181 changed files with 247 additions and 0 deletions

1
01/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट । \v 2 कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई, हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौं, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ । \v 3 हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

1
01/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैं धन्यवाद दिन्छु । \v 5 उहाँले तिमीहरूलाई सबै बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ । \v 6 ख्रीष्‍टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्‍टि भएको छ ।

1
01/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 यसकारण तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् । \v 8 तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै बलियो राख्‍नुहुनेछ । \v 9 परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट, हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।

1
01/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ । \v 11 किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।

1
01/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ । \v 13 के ख्रीष्‍ट बाँडिनुभएको छ ? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए ? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ ?

1
01/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ । \v 15 तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैनन् । \v 16 (मैले स्तिफनसको परिवारलाई पनि बप्‍तिस्मा दिएँ । त्योभन्दा बढी अरू व्यक्‍तिलाई मैले बप्‍तिस्मा दिएको मलाई सम्झना छैन ।)

1
01/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 किनकि येशूले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । चतुर बोलीले होइन, ताकि ख्रिष्टको क्रुस यसको शक्तिबाट खाली नहोस् ।

1
01/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 किनकि क्रुसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्‍वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्‍ति हो । \v 19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धिलाई नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”

1
01/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 बुद्धिमान् कहाँ छ ? शिक्षित कहाँ छ ? यो संसारको तर्क गर्ने कहाँ छ ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र ? \v 21 संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो ।

1
01/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् । \v 23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।

1
01/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं । \v 25 किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली छ ।

1
01/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना शरिर अनुशार बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएनन् । \v 27 तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो ।

1
01/28.txt Normal file
View File

@ -0,0 +1 @@
\v 28 परमेश्‍वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्‍नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो । \v 29 उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।

1
01/30.txt Normal file
View File

@ -0,0 +1 @@
\v 30 परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍ट येशूमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो । \v 31 यसैले धर्मशास्‍त्र भन्दछ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस् ।”

1
02/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 भाइहरू हो, जब म तिमीहरूकहाँ आएँ, परमेश्‍वरका गुप्‍तमा रहेका सत्यताहरूको घोषणा गर्न म कुशल वाक्य र बुद्धिका साथमा आएको होइन। \f +\ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाैं, \fqa परमेश्‍वरकाे बारेमा गवाही घोषणा गर्न म \fqa* । \f* \v 2 किनकि म तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र उँहालाई क्रूसमा टाँगिएकाे कुरा बाहेक मैले केही नजान्‍ने निर्णय गरे ।

1
02/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 र म तिमीहरूसित कमजोरीमा, डरमा र ज्यादै कम्पमा थिएँ । \v 4 र मेराे सन्देश र मेराे घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन्, तर ती पवित्र आत्मा र शक्‍तिको प्रदर्शनमा थिए, \v 5 ताकि तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्‍तिमा भएको होस् ।

1
02/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 अब, हामी परिपक्‍वहरूका बीचमा बुद्धिका कुरा गर्छौं, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन, जो बितेर जाँदैछन् । \v 7 बरु, लुकेकाे सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छाैं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो ।

1
02/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 यस युगका कुनै पनि शासकहरूले यो जानेनन्, तर तिनीहरूले यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन् । \v 9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मानिसको हृदयले विचारै नगरेका कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।”

1
02/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 किनकि परमेश्‍वरले हामीलाई यी कुराहरू पवित्र आत्माद्वारा प्रकट गर्नुभएको छ । किनकि पवित्र आत्माले सबै कुराको खोजी गर्नुहुन्छ, परमेश्‍वरका गहिरा कुराहरूको पनि। \f +\ft केही प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाैं, \fqa तर परमेश्‍वर \fqa* तर हाम्रो ग्रीक स्रोतलाई पछ्‍याउँदा, यो पाउँछाैं, \fqa किनकि परमेश्‍वर \fqa । \f* \v 11 किनकि मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।

1
02/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 तर हामीले संसारको आत्मा पाएका छैनौं, तर परमेश्‍वरबाटका पवित्र आत्मा पाएका छौं, ताकि परमेश्‍वरले हामीलाई सित्तैंमा दिनुभएका कुराहरू हामी जान्‍न सकौं । \v 13 हामी यी कुराहरू मानिसको बुद्धिले सिकाएको होइन, तर पवित्र आत्माले सिकाउनुहुने शब्दहरुमा, आत्मिक मानिसहरुलाई आत्मिक कुराहरुको व्याख्या गर्दै बोल्छौं ।

1
02/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 परमेश्‍वरका आत्माका कुराहरू आत्मिक नभएको व्यक्‍तिले ग्रहण गर्दैन, किनकि ती त्यसका लागि मूर्खता हुन्। त्यसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरू आत्मिक रूपमा जाँचिन्छन् । \v 15 जो आत्मिक छ त्यसले सबै कुराहरू जाँच गर्छ, तर त्यो चाहिं अरूद्वारा जाँचिदैन । \v 16 “किनकि कसले परमेश्‍वरको मनलाई जान्दछ, कि त्यसले उहाँलाई अर्ती दिन सकाेस्?” तर हामीसँग ख्रीष्‍टको मन छ ।

1
03/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैं बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैं बोलें । \v 2 मैले तिमीहरूलाई दूध खुवाएँ, ठोस खाना होइन, किनकि तिमीहरू त्यसको लागि तयार थिएनाै, र अहिले पनि तिमीहरू तयार छैनौ ।

1
03/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 किनकि तिमीहरू अझै शारीरिक नै छौ । किनकि जहाँ तिमीहरूमा ईर्ष्या र झगडा छ, के तिमीहरु शरीरअनुसार बाँचिरहेका छैनौ,र के तिमीहरू मानवीय मापदण्डहरुअनुसार जिइरहेका छैनौ? \v 4 किनकि जब एक जनाले “म पावललाई पछ्‍याउँछु” भन्छ, र अर्कोले “म अपोल्लोसलाई पछ्‍याउँछु” भन्छ, भने के तिमीहरु मानिसहरु मात्र होइनौ? \v 5 त्यसो भए, अपोल्लोस को हो? पावल को हो? जुन सेवकहरूद्वारा तिमीहरुले विश्‍वास गर्‍याै, जसरी प्रभुले प्रत्येकलाई कार्यहरु दिनुभयो ।

1
03/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 मैले रोपें, र अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो । \v 7 त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर बढाउने परमेश्‍वर नै हुनुहुन्छ ।

1
03/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 अब रोप्‍ने र पानी हाल्ने एकै हुन् र प्रत्‍येकले आफ्नो कामको परिश्रमअनुसार आफ्नो ज्याला पाउनेछ । \v 9 किनकि हामीहरू परमेश्‍वरका सहकर्मीहरु हौं । तिमीहरू परमेश्‍वरका बगैंचा, परमेश्‍वरका भवन हौ ।

1
03/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहअनुसार, निपुर्ण कारिगरले झैं मैले जग बसालें, र अर्कोले त्यसमाथि भवन बनाउँदै जान्‍छ । तर प्रत्येक मानिसले त्यसमाथि कसरी बनाउने भन्‍ने बारेमा सावधान रहोस् । \v 11 किनकि बसालिएको जगबाहेक, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, अरू कसैले जग बसाल्न सक्दैन ।

1
03/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 अब यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थरहरु, काठ, घाँस वा परालको प्रयोग गरेर निर्माण गर्छ भने \v 13 त्‍यसको काम प्रकट हुनेछ, किनकि दिनले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । प्रत्‍येकले गरेको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।

1
03/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 यदि कसैले गरेको काम बाँकी रह्‍यो भने त्यसले इनाम प्राप्‍त गर्नेछ, \v 15 तर यदि कसैको काम जल्‍यो भने, त्यसले नोक्सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आगोबाट फुत्केझैं आफैंचाहिं बाँच्‍नेछ ।

1
03/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ? \v 17 यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने, परमेश्‍वरले त्‍यस मानिसलाई नाश गर्नुहुनेछ । किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।

1
03/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 कसैले आफैलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” बनोस्, र त्यो बुद्धिमान् हुनेछ । \v 19 किनकि संसारको बुद्धि परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।” \v 20 र फेरि, “परमेश्‍वर जान्‍नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ छ ।”

1
03/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 यसैकारण तिमीहरू मानिसहरूमा घमण्ड नगर । सबै कुराहरू तिमीहरूकै हुन्, \v 22 चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू । सबै कुराहरू तिमीहरूकै हुन्, \v 23 अनि तिमीहरूचाहिं ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहि‍ं परमेश्‍वरका हुनुहुन्छ ।

1
04/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको लुकाइएकाे सत्यताको भण्डारे ठान्‍नुपर्छ । \v 2 अब भण्डारेहरूको सम्बन्धमा तिनीहरू विश्‍वासयोग्य हुन आवश्‍यक छ ।

1
04/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 तर म तिमीहरूबाट वा कुनै मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैं पनि मेरो जाँच गर्दिनँ । \v 4 मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसले मलाई न्यायोचित ठहराउँदैन। । प्रभुले नै मेरो न्याय गर्नुहुन्छ ।

1
04/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 त्यसकारण समय आउनुभन्दा अघि वा प्रभु आउनुभन्दा अघि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि प्रत्येकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।

1
04/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौं, ताकि हामीबाट तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ सिक्न सकौला । \v 7 किनकि कसले तिमीहरू र अरूहरूका बीचमा फरक देख्छ? तिमीहरुसँग के छ जुन तिमीहरूले पाएको छैनौं? तिमीहरूले त्यो पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैं गरेर किन घमण्ड गर्छौ?

1
04/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 तिमीहरूले चाहने सबै कुराहरू अघि नै तिमीहरूसँग छ! तिमीहरू अघिबाटै धनी भएका छौ! तिमीहरूले हामीबिना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौं। \v 9 किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै भीडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बीचमा तमाशा भएका छौं।

1
04/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 हामी ख्रीष्‍टको निम्ति मूर्ख छौं, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौं \v 11 यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौं, हाम्रा कपडाहरू फाटिएका छन्, हामी कुटिएका छौं, हामी घरवारविहीन भएका छौं।

1
04/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 हामी आफ्नै हातले कडा परिश्रम गर्छौं। हामीलाई गिल्ला गर्दा हामी आशिष्‌‌ दिन्छौं । हामी सतावटमा पर्दा हामी सहन्छौं। \v 13 हामीलाई गिल्ला गर्दा हामी दयापूर्वक बोल्‍छौं । हामी संसारले इन्‍कार गरिएका कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरू जस्‍ता भएका छौं र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।

1
04/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई चेतावनी दिन । \v 15 किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि, तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍ट येशूमा तिमीहरूका पिता बनें । \v 16 त्यसैले मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।

1
04/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 यसकारण मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन् । \v 18 अब म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।

1
04/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 तर यदि प्रभुको इच्छा भयो भने म तिमीहरू कहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्‍ति हेर्नेछु । \v 20 किनकि परमेश्‍वरको राज्य कुरामा होइन, तर शक्‍तिमा छ । \v 21 तिमीहरू के चाहन्छौ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा?

1
05/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 तिमीहरूका बीचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौं, यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैनः एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ। \v 2 तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? ताकि यस्तो काम गर्ने मानिसलाई तिमीहरूका माझबाट हटाइयोस्?

1
05/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म उपस्थित छु। त्यस्तो काम गर्नेलाई म त्यहीं भएजस्तै गरेर मैले अघिबाटै न्याय गरिसकेको छु । \v 4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा एक साथ भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्ति उपस्थित हुन्छ, \v 5 शरीरको विनाशको निम्ति त्यस मानिसलाई शैतानको हातमा सुम्‍पियोस्, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिं बाँचोस्।

1
05/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 तिमीहरूको घमण्ड ठिक होइन । के तिमीलाई थाहा छैन कि थोरै खमिरले सम्पूर्ण रोटीलाई खमिरी बनाउँछ? \v 7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक, अखमिरी, जसरी तिमीहरू साँच्चै छाै‌ । किनकि हाम्रा निस्तार-चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको छ । \v 8 त्यसैकारण, पुरानो खमिर अर्थात् खराब तथा दुष्‍टता आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔं।

1
05/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 मेरो पत्रमा मैले तिमीहरूलाई व्यभिचारी मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखें । \v 10 त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ ।

1
05/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर व्यभिचारी वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खाना समेत नखाओ । \v 12 किनकि म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र? \v 13 तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ। “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ।”

1
06/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि परमेश्‍वरका पवित्र जनहरूको अगाडि नगएर अधर्मीको अगाडि जाने आँट गर्छ? \v 2 परमेश्‍वरका पवित्र जनहरूले संसारको न्याय गर्नेछन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूले संसारको न्याय गर्ने हो भने कम महत्त्वका कुराहरूलाई के तिमीहरू मिलाउन सक्दैनौ र? \v 3 के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौं भन्‍ने तिमीहरूलाई थाहा छैन? त्यसो भए, यस जीवनका मामिलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौं?

1
06/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 यदि तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्ने हो भने त्यस्ता मुद्दाहरू किन ती मानिसहरूका अगाडि राख्छौ?, जसको मण्डलीमा कुनै प्रतिष्‍ठा छैन। \v 5 तिमीहरूलाई शर्ममा पार्न म यसो भन्छु । के तिमीहरूको माझमा भाइहरुका बीचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन? \v 6 तर यस्‍तो भएको छ, एक भाइले अर्को भाइको विरुद्धमा अदालत जान्‍छ र अविश्‍वासी न्‍यायाधीशको अघि मुद्दा राख्‍छ।

1
06/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 वास्तवमा तिमीहरूका बीचमा कुनै पनि मुद्दा हुनु नै तिमीहरूको हार हो। बरु, किन अन्याय नसहनु? बरु, किन आफैंलाई ठगिन नदिनु? \v 8 तर तिमीहरू आफैले अन्याय गरेका र ठगेका छौ, र तिमीहरुले आफ्नै भाइहरुलाई यो गर्छौ!

1
06/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउँदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपरः अनैतिक यौन-सम्बन्धहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, \v 10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन्। \v 11 अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध पारिएका छौ, तिमीहरू परमेश्‍वरमा पवित्र गरिएका छौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा र हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ।

1
06/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर सबै कुरा फाइदाजनक छैनन्। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर म तिनीहरूमध्ये कुनै कुराको अधीनमा हुन्‍नँ। \v 13 “खाना पेटको निम्ति हो, र पेट खानको निम्ति हो”, तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको लागि होइन। बरु, शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुनेछ।

1
06/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 परमेश्‍वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्‍तिद्वारा जीवित पार्नुहुनेछ। \v 15 तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडूँ? त्यसो नहोस्!

1
06/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 वेश्यासँग जोडिने व्यक्‍ति त्यससँग एउटै शरीर हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्‍‍त्रले भन्‍छ, “दुई जना एउटै शरीर हुनेछन्।” \v 17 तर प्रभुसित जोडिने व्यक्‍ति उहाँसँग आत्मामा एउटै हुन्छ ।

1
06/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 व्यभिचारदेखि भाग! कुनै पनि व्यक्‍तिले गरेका अरु सबै पापहरू शरीरदेखि बाहिर गर्छ, तर व्यभिचारको पाप गर्नेले त्यसको आफ्नै शरीरको विरुद्धमा पाप गर्छ ।

1
06/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र बास गर्नुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन? \v 20 किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ। त्यसकारण, तिमीहरूको शरीरले अनि आत्मामा परमेश्‍वरलाई महिमा देओ, जुन परमेश्‍वरको हो ।

1
07/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा "पुरुषको लागि स्‍‍त्रीलाई नछुनु नै असल हो ।" \v 2 तर धेरै अनैतिक कामहरूका परीक्षाहरूको कारणले गर्दा प्रत्येक पुरुषको आफ्नै पत्‍नी होस् र प्रत्येक स्‍‍त्रीको आफ्नै पति होस् ।

1
07/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 पतिले आफ्नी पत्‍नीसँग यौनसम्बन्ध राख्‍ने आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र त्यसरी नै पत्‍नीले आफ्नो पतिलाई । \v 4 पत्‍नीको आफ्नो शरीरमाथि अधिकार हुँदैन, पतिको हुन्छ । यसरी नै पतिको आफ्नो शरीरमाथि अधिकार हुँदैन, तर पत्‍नीको हुन्छ ।

1
07/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्‍चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्छ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस्। \v 6 तर म तिमीहरूलाई यी कुराहरू अनुमतिको रूपमा भन्दछु आज्ञाको रूपमा होइन। \v 7 सबै जना मजस्तै भएको म इच्छा गर्छु। तर प्रत्येकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको छ। एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको पाएको छ।

1
07/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ । \v 9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । किनकि कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।

1
07/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु—मैले होइन, तर प्रभुले दिनुहुन्छ—पत्‍नी आफ्नो पतिबाट अलग हुनुहुँदैन। \v 11 (तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन् भने, तिनी विवाह नगरी बसून् ‍वा आफ्‍नो पतिसँग मिलाप गरून्), अनि पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुँदैन ।

1
07/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 तर बाँकीलाई म भन्दछु - मैले होइन तर प्रभुले भन्‍नुहुन्छ - कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ, र तिनी त्यससँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने त्यसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस्। \v 13 यदि स्‍‍त्रीसँग अविश्‍वासी पति छ भने र त्यो तिनीसँग सन्तुष्‍ट छ भने, तिनले त्यससँग सम्बन्ध विच्छेद नगरुन्। \v 14 किनकि अविश्‍वासी पति, पत्‍नीद्वारा पवित्र ठहरिन्छ र अविश्‍वासी पत्‍नी, पतिद्वारा पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोराछोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।

1
07/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 तर यदि अविश्‍वासी छुट्टिन्छ भने, त्यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन। परमेश्‍वरले हामीलाई शान्तिमा बस्‍न बोलाउनुभएको छ । \v 16 किनकि स्‍‍त्री हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नो पतिलाई बचाउनेछौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्‍नीलाई बचाउनेछौ कि?

1
07/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 यद्यपि, प्रभुले प्रत्येकलाई आफ्नो भाग दिनुभएको छ, परमेश्‍वरले बोलाउनुभएबमोजिम प्रत्येक हिंडोस् । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही हो । \v 18 के विश्‍वासको लागि बोलावट हुँदा कसैको खतना भएको थियो? त्यसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो? त्यसले खतना नगरोस् । \v 19 किनकि न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो ।

1
07/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 परमेश्‍वरले विश्‍‍वास गर्न बोलाउनुहुँदा कुनै व्यक्‍ति जस्तो अवस्थामा थियो, प्रत्येक त्यही बोलावटमा रहोस् । \v 21 के परमेश्‍वरले बोलाउनुहुँदा तिमी कमारा थियौ? यसको बारेमा तिमी फिक्री नगर । तर तिमी स्वतन्‍‍त्र हुन सक्छौ भने यसको फाइदा उठाऊ । \v 22 किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनुभएको छ भने त्यो प्रभुको स्वतन्‍‍त्र मानिस हो । यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्‍‍त्र थियो भने त्यो ख्रीष्‍टको दास हो । \v 23 तिमीहरू दाम तिरी किनिएका हौ, त्यसैले मानिसहरूको दास नबन। \v 24 भाइहरू हो, विश्‍वास गर्न बोलावट हुँदा त्यो जस्तो अवस्थामा भएपनि, प्रत्येक त्यही अवस्थमा परमेश्‍वरसँग रहोस् ।

1
07/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्‍वासयोग्य ठहरिएको व्यक्‍तिको रूपमा म मेरो राय दिन्छु । \v 26 त्यसकारण, मेरो विचारमा आउन लागेको सङ्कष्‍टको कारणले गर्दा मानिस जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्‍नु असल हुन्छ ।

1
07/27.txt Normal file
View File

@ -0,0 +1 @@
\v 27 के तिमी कुनै पत्‍‍नीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट विवाह वि‍च्‍‍छेद गर्न नखोज । यदि तिमी पत्‍‍नीबाट मुक्त छौ भने, पत्‍‍नीको खोजी नगर । \v 28 तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ र कुनै कन्या केटीले विवाह गर्छे भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले धेरै किसिमका संसारिक दुःखकष्‍ट भोग्‍नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।

1
07/29.txt Normal file
View File

@ -0,0 +1 @@
\v 29 तर भाइहरू हो, म यो भन्छुः समय छोटो छ। अब उप्रान्त पत्‍नी हुनेहरू पत्‍नी नभएजस्तो गरी जिऊन् । \v 30 रुनेहरू नरोएको जस्तै गरी बसून्, खुसी हुनेहरू खुसी नभएझैं गरी बसून् र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैं गरून्, \v 31 अनि संसारसित व्यवहार गर्नेहरूले यसलाई पूर्ण रूपमा प्रयोग गरिरहे जस्तो व्यवहार नगरून् । किनकि संसार यसको वर्तमान अवस्‍‍थामा अन्त्य हुँदैछ ।

1
07/32.txt Normal file
View File

@ -0,0 +1 @@
\v 32 तिमीहरू निस्फिक्री होओ भन्‍ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूमा ध्यान दिन्छ। \v 33 तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा ध्यान दिन्छ । \v 34 तिनको ध्यान विभाजित हुन्छ । अविवाहित स्‍‍त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूमा ध्यान दिन्छिन् । तर विवाहित स्‍‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा ध्यान दिन्छिन् ।

1
07/35.txt Normal file
View File

@ -0,0 +1 @@
\v 35 म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍छु र तिमीहरूलाई प्रतिबन्ध लगाउनलाई होइन । जे ठिक छ म त्यही भन्छु, ताकि तिमीहरू बाधाबिना एक चित्तका भई प्रभुमा लागिरहन सक ।

1
07/36.txt Normal file
View File

@ -0,0 +1 @@
\v 36 कसैले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भनी त्यसले ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम त्यसले गरोस् । त्यसले पाप गरिरहेको छैन। तिनीहरूले विवाह गर्नुपर्छ । \v 37 तर यदि त्यो हृदयमा पक्‍का छ, त्यो कुनै करकापमा परेको छैन तर त्यसले आफ्नो इच्छा वशमा राख्‍न सक्छ, र त्यसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्‍ने निर्णय गरिसकेको छ भने त्यसले असल नै गर्नेछ । \v 38 त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्छ त्यसले असल नै गर्छ, र जसले विवाह नगर्ने इच्छा गर्छ भने त्यसले अझ बढी राम्रो गर्नेछ । ***

1
07/39.txt Normal file
View File

@ -0,0 +1 @@
\v 39 स्‍‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ । \v 40 तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्‍न रहन्छिन् । अनि मसँग पनि परमेश्‍वरको आत्मा छ भनी म ठान्छु ।

1
08/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि हामी सबैसँग ज्ञान छ । ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले उन्‍‍नति गराउँछ । \v 2 यदि कसैले केही जान्छु भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन । \v 3 तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।

1
08/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा: हामीलाई थाहा छ कि यस संसारमा भएको मूर्ति केही पनि होइन र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । \v 5 किनकि धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवताहरू भएतापनि, \v 6 हाम्रा निम्ति परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट सबै कुरा हुन आए, र जसका निम्ति हामी जिउँछौं; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौं ।

1
08/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 तापनि यो ज्ञान सबैमा हुँदैन । बरु कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्‍ट भएको छ ।

1
08/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 तर खानेकुराले हामीलाई परमेश्‍वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा असल हुँदैनौं र नखाँदैमा खराब पनि हुँदैनौं । \v 9 तर होसियार होओ, तिमीहरुको स्वतन्‍‍त्रता कमजोर विश्‍वास भएकाहरूलाई ठेसको कारण नबनोस् । \v 10 मानौं, जो कोही ज्ञान भएको व्यक्‍तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के त्‍‍यसको कमजोर विवेकले त्‍‍यसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला?

1
08/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो । \v 12 त्यसैले, जब तिमीले आफ्ना भाइहरूको विरुद्धमा पाप गरेर तिनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ । \v 13 त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।

1
09/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 के म स्वतन्‍‍‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरा काम होइनौ? \v 2 म अरूको लागि प्रेरित नभए तापनि कमसेकम तिमीहरूको लागि त हुँ । किनकि तिमीहरू नै प्रभुमा मेरो प्रेरितको कामको छाप हौ ।

1
09/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 यो मलाई जाँच्‍‍न खोज्‍‍नेहरूलाई जवाफ होः \v 4 के हामीलाई खाने र पिउने अधिकार छैनँ? \v 5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिंड्ने अधिकार छैनँ? \v 6 अथवा के मलाई र बारनाबासलाई मात्र व्‍‍यापारको काम नगर्ने अधिकार छैन?

1
09/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 आफ्नै खर्चमा सिपाहीको रूपमा कसले सेवा गर्छ? कसैले दाखबारी लगाएर त्यसको फल खाँदैन? वा कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन? \v 8 के म यी कुराहरू मानवीय अधिकारको आधारमा भन्छु‍‍? के व्यवस्थाले पनि यही भन्दैन र?

1
09/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 किनकि मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गरिरहेको गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ? \v 10 के उहाँले हामीहरूका बारेमा बोलिरहनुभएको छैन? यो हाम्रो निम्ति लेखिएको थियो, किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि हिस्‍‍सा पाउने आशाले नै चुट्नुपर्छ । \v 11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौं भने तिमीहरूबाट हामीले भौतिक कुराहरूको कटनी गर्नु अति भयो र?

1
09/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढ्ता हक छैनँ? तापनि हामीले यो हकको दाबी गरेनौं । बरु ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौं भनेर हामीले सबै सह्‍यौं । \v 13 के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन? \v 14 त्यसरी नै सुसमाचार प्रचार गर्नेले सुसमाचारबाट नै जीविका चलाओस् भनेर प्रभुले आज्ञा गर्नुभयो ।

1
09/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 तर मैले यी कुनै पनि हकहरूको दाबी गरेको छैनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु! \v 16 किनाकि मैले सुसमाचार प्रचार गरें भनेर मैले घमण्ड गर्ने कारण छैनँ, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ!

1
09/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 किनकि यदि मैले आफूखुसी यसो गर्छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझै मसँग छ । \v 18 त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैंमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।

1
09/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 किनकि म सबै कुरामा स्वतन्‍‍त्र भए तापनि धेरैलाई जित्‍न सकौं भनेर म सबैको दास भएँ । \v 20 यहूदीहरूलाई जित्‍नको लागि म यहूदीजस्तै बनें । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनें । म आफैं व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरें । \f +\ft ULB मा पाउँछाैः \fqa म आफैं व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरें । \fqa* । केही महत्‍‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू साथै अरू प्राचीन अनुवादहरूमा यो वाक्य छैन । \f*

1
09/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 म आफैं परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनें । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरें । \v 22 कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनें । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु । \v 23 सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‌हरूमा म सहभागी हुन सकूँ ।

1
09/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? त्यसैले पुरस्कार पाउने गरी दौड । \v 25 हरेक खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ । तिनीहरूले नाश हुने मुकुट पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने मुकुट पाऔं भनेर दौडन्छौं। \v 26 त्यसैले म बिना उद्देश्‍‍य दगुर्दिनँ ; हावामा हाने जस्‍‍तै मुक्‍‍का हान्दिनँ । \v 27 तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दास बनाउँछु, ताकि अरूलाई प्रचार गरेपछि म आफैंचाहिं अयोग्य नबनूँ ।

1
10/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 भाइहरू हो, तिमीहरूले यो नजान भनी म चाहन्‍नँ कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बीचबाट भएर गए । \v 2 सबैले बादल र समुद्रमा मोशामा बप्‍तिस्मा पाएका थिए, \v 3 र सबैले एकै आत्मिक भोजन खाए । \v 4 सबैले एकै आत्मिक पानी पिए । किनकि तिनीहरूले आफ्नो पछि लागेकाे एउटा आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो ।

1
10/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरु उजाड-स्थानमा छरिए । \v 6 अब यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए, त्यसैले हामी तिनीहरूले जस्तै नहोऊ, जोहरु दुष्‍ट कुराहरूको लालसा गर्छन् ।

1
10/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 तिनीहरूमध्ये कोही झैं तिमीहरू पनि मूर्तिपूजकहरू नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।” \v 8 तिनीहरू धेरैले गरेझैं हामीले यौन अनैतिक कार्य नगरौं, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।

1
10/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 न ता हामीले ख्रीष्‍टको परीक्षा गराैं, जसरी तिनीहरूमध्ये धेरैले गरे र सर्पहरूद्वारा नष्‍ट भए । \v 10 गनगन पनि नगर जसो तिनीहरूमध्ये धेरै गरे र मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।

1
10/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 अब हाम्रो निम्ति उदाहरणहरुको रुपमा तिनीहरूलाई यी कुराहरू भए । यी हाम्रा निर्देशनका निम्ति लेखिएका थिए, हाम्रो निम्ति, जसमा युगको अन्त्य आएको छ । \v 12 त्यसैकारण कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि त्याे नलडोस् । \v 13 सबै मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौं । तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको क्षमता बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न । तिमीहरूले त्यसलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने बाटाे पनि प्रदान गर्नुहुनेछ ।

1
10/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट टाढा भाग । \v 15 म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्छु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक । \v 16 हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्‍ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र? \v 17 किनभने रोटी एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौं। हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौं।

1
10/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 शरीरअनुसारका इस्राएललाई हेर, के बलिदान खानेहरू वेदीका सहभागी होइनन् र? \v 19 त्यसो भए, म के भन्दैछु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?

1
10/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 तर म तिनीहरूले चढाउने बलिदानका थाेकहरुकाे बारेमा भन्छु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ । \v 21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौराबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुलमा सहभागी हुन सक्दैनौ । \v 22 अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौं?

1
10/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 “सबै कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैन । “सबै कुरा न्यायसङ्गत छ”, तर सबै कुराले मानिसको निर्माण गर्दैन। \v 24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, प्रत्येकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।

1
10/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 बजारमा बेचिएका सबै कुरा विवेकका खातिर प्रश्‍न नगरी खाओ । \v 26 किनकि “पृथ्‍वी र त्यसमा भएका सबै कुरा प्रभुकै हुन् ।” \v 27 यदि विश्‍वास नगर्ने व्यक्‍तिले तिमीहरुलाई खानामा निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर प्रश्‍नहरु नसोधी खाओ ।

1
10/28.txt Normal file
View File

@ -0,0 +1 @@
\v 28 तर यदि कसैले तिमीहरूलाई “यो मूर्तिपूजामा चढाइएको हो” भन्यो भने त्यो नखाओ । यो चाहिं दुवै, जानकारी दिने र विवेकको खातिर हो ।\f +\ft केही ग्रीक लेखका प्राचीन प्रतिलिपिहरुले थप्छ \fqa किनकि “पृथ्‍वी र त्यसमा भएका सबै कुरा प्रभुकै हुन् \fqa* तर ग्रीक लेखका उत्कृष्‍ट प्रतिलिपिहरुमा याे छैन। धेरै विद्वान्‌हरूले याे थप गर्नुलाई पद २६काे नक्कलकाे रूपमा हेर्छन् \f* \v 29 मैले तिमीहरूको विवेकको बारेमा भनेको होइनँ, तर अरूको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकद्वारा मेरो स्वतन्‍‍त्रताको न्याय किन हुन दिने? \v 30 यदि म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने?

1
10/31.txt Normal file
View File

@ -0,0 +1 @@
\v 31 त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर । \v 32 तिमीहरू यहूदीहरू र ग्रीकहरू दुवै, र परमेश्‍वरको मण्डलीप्रति दाेष रहित रहाे । \v 33 त्यसरी नै म सबै मानिसहरूलाई सबै कुराहरूमा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । तिनीहरूले उद्धार पाऊन् भनेर म यो गर्छु ।

1
11/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु । \v 2 अब म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ । \v 3 अब म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट हरेक मानिसको शिर हुनुहुन्छ, पुरुष स्रीको शिर हो, र परमेश्‍वरचाहिं ख्रीष्‍टको शिर हुनुहुन्छ । \v 4 कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।

1
11/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 तर यदि कुनै स्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने त्यसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको त्यसले आफ्नो केश खौरेको जस्तै हो । \v 6 यदि स्रीले आफ्नो शिर ढाक्दिन भने, त्यसले आफ्नो केश छोटो गरी काटोस् । यदि स्रीको लागि केश काट्नु वा खौरनु त्यसको लागि शर्मको कुरा हो भने त्यसले आफ्नो शिर ढाकोस् ।

Some files were not shown because too many files have changed in this diff Show More